समाचार

उदयपुरका ३३ वर्षीय पुरुषमा कोरोनाभाइरस पुष्टि

काठमाडौं, बैशाख ९ । उदयपुरमा एक ३३ वर्षीय पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रशोगशाला टेकुमा गरिएको परीक्षणमा उनीमा कोरोनाभाइरस पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

अन्यको धरानस्थित कोसी अञ्चल अस्पताल र केन्द्रीय प्रयोगशालामा परीक्षण भइरहेको भन्दै नतिजा आउन बाँकी रहेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

उनका अनुसार उदयपुरका १०० जनाको पीसीआरको लागि नमुना संकलन भएको छ । उदयपुरमा भेटिएका संक्रमित ३३ वर्षीय पुरुष रहेको जनाइएको छ ।

योसँगै उदयपुरमा कोरोनासंक्रमितको संख्या १४ जना पुगेको छ भने देशभर संक्रमितको संख्या ३२ पुगेको छ।

Leave a Reply

Your email address will not be published.