काठमाडौं, बैशाख १४ । सरकारले कोरोना भाइरस कोभिड–१९ को संक्रमण कम गर्न जारी गरिएको लकडाउनको आदेशलाई वैशाख २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।
आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले लकडाउन १० दिन थप्ने निर्णय गरेको हो । नेपालमा कोरोना भाइरसको दोस्रो संक्रमित देखिएपछि सरकारले ११ चैतदेखि लकडाउनको आदेश जारी गरेको थियो ।
पहिलोपटक चैत १८ गतेसम्मका लागि लकडाउनको आदेश जारी गरिएकोमा दोस्रो पटक चैत २५, तेस्रो पटक वैशाख ३ र तेस्रो पटक वैशाख १५ गतेसम्मका लागि थपिएको थियो । यसबीचमा नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढेर ५२ पुगेको छ भने १६ जना उपचार पछि निको भएर घर फर्किएका छन् ।

