झापा, बैशाख १७ । मेचीनगर–९ स्थित धुलाबारीमा मुख्य कार्यालय रहेको गृहलक्ष्मीसहकारी संस्थाले प्रविधिमैत्री बन्दै मोवाइल बैंकिङ सेवा सुरू गरेको छ ।

कोरोना भाइरस संक्रमणको नियन्त्रण एवम् सुरक्षार्थ सरकारले जारी गरेको लकडाउनलाई ध्यानमा राख्दै संस्थाका शेयर सदस्यहरुको सुविधाका लागि मोवाइल बैंकिङ सेवा संचालनमा ल्याइएको संस्थाका संस्थाका अध्यक्ष दुर्गालाल श्रेष्ठले बताए ।
अब सदस्यहरूले मोवाइल बैंकिङ सेवा मार्फत घरमा नै बसी बसी ब्यालेन्स हेर्न, मिनी स्टेटमेन्टको जानकारी, चेक अनुरोध र चेक रद्ध, नगद ट्रान्सफर, लोनको जानकारी, एसएमएस अलर्ट, युटिलिटि बिल पेमेन्ट्स, लोड फड्स, एप नोटिफिकेसन् गायतका सुविधा उपभोग गर्न पाउने संस्थाका व्यवस्थापक सरोज मेहराले बताए ।

कोरोना संक्रमणको जोखिमबाट बच्न र सुरक्षित रहन तथा बन्दाबन्दीको पूर्णरुपमा पालना गर्न संस्थाले निःशुल्क मोवाइल एपस् चालु गरेको मेहराले बताए ।
साथै संस्थाले प्रिमियम टेक्नोलोजी र हाम्रो टेक्नोलोजी प्रालिको सहकार्यमा संचालनमा ल्याएको मोबाईल एप मार्फत निकट भविष्यमा नेपालको जुनसुकै वाणीज्य बैंकहरौमा र सो बैंक बाट सहकारीको खातामा नगद ट्रान्फर गर्न मिल्ने सुविधा थप गर्ने योजनामा संस्था लागि रहेको संस्थाकी उपाध्यक्ष रेणुका डाँगीले बताईन् ।
सदस्यहरुले मोवाइल बैंकिङ सेवा लिन गुगल प्लेस्टोरमा गई गृहलक्ष्मी एमबैैक(Google Playstore,Grihalaxmi mbank)खोजी डाउनलोड गर्नु पर्ने छ । डाउनलोड गरेको गृहलक्ष्मी एमबैंक एपमा संस्थाद्वारा लिइएको पिन नम्बर हाली मोवाइल बैंकिङ सेवा लिन सकिने व्यवस्थापक मेहराले बताए ।
अहिलेको बिषम परिस्थितिमा लकडाउन अवधिभर सहकारी खुल्ने समय प्रत्येक हप्ता आईतबार र बुधबार ११ बजे देखि १२ बजे सम्म रहेको कार्यालयले जनाएको छ ।

