समाचार

बुबाको हत्या गरी छोरी फरार

इलाम, जेठ ६  । इलाममा गए राति एक युवतीले आफ्नै बुबाको हत्या गरी फरार भएकी छिन् । इलाम देउमाई नगरपालिका–६ शान्तिडाँडाकी सुष्मा राईले बुबा फुलबहादुर राईको हत्या गरेकी हुन् ।

शान्तिडाँडाको गोरेडाँडा निवासी ५२ वर्षीय बुबा फुलबहादुरको करिब २५ वर्षीया छोरी सुष्माबीच झगडा भइरहने गरेको सोही झगडाले ठूलो रुप लिएपछि छोरीले बुबालाई चिर्पटले हानेको हुनसक्ने स्थानीयवासीले जनाएका छन् ।

रातको समयमा झगडा हुँदा छोरीले नै हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । घटनास्थलमा प्रहरी पुगेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । छोरी सुष्मा बेलुकैबाट फरार रहेकाले खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.