स्वास्थ्य

थप ३२ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमित संख्या ५४८ पुग्‍यो

काठमाडौं, जेठ १० । नेपालमा शनिवार थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विहानै सूचना निकालेर यस्तो जानकारी दिएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५४८ पुगेको छ । नेपालमा कोरोना संक्रमितमध्ये हालसम्म ७० जना उपचारपछि निको भएर घर फर्किएका छन् भने ३ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published.