विविध

काठमाडौंमा २२ वर्षीया युवतीमाथि एसिड प्रहार गरेको आरोपमा भारतीय सहित दुई जना पक्राउ

काठमाडौं, साउन ९ । काठमाडौंको सीतापाइलामा २२ वर्षीया युवतीलाई एसिड प्रहार गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । युवतीले अर्को केटा मन पराएको भन्दै उनीहरुले एसिड प्रहार प्रहार गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

रौतहट लक्ष्मीपुर स्थायी घर भएका हाल काठमाडौं डल्लु बस्ने मोहमद आलम र काठमाडौं डल्लु बस्ने मुन्ना महमद भारतीय नागरिक पक्राउ परेका हुन् ।

उनीहरुलाई नार्गजुन ४ सिर्जनसिल टोलबाट महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरी परिसर सहितको प्रहरी टोलीले पक्राउ गरेको हो ।

Leave a Reply

Your email address will not be published.