झापा, साउन ७ । झापाको बुद्धशान्ति ७ मोदी डाँडामा पहिरोले घर पुर्दा एक जनाको ज्यान गएको छ । ३ जना सामान्य घाइते भएका छन् । गएराति करीव १०:३० बजेतिर बुद्धशान्ति ७ का तेजकुमार बराइलीको घर पहिरोले पुर्दा मामाघर पाउना आएका मेचीनगर ९ मागुरमाडीका १५ बर्षीय विवेक दर्नालको ज्यान गएको हो । उनी ७ दिन अगाडि Read More…
Month: July 2020
चैत ११ गतेदेखि जारी लकडाउन हट्यो
काठमाडौं, साउन ६ । चैत ११ गतेदेखि जारी लकडाउन मंगलबार मध्यरातदेखि अन्त्य भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको वैठकले १२० दिन लामो लकडाउन साउन ६ गते मंगलबार मध्यरातदेखि अन्त्य गर्ने निर्णय गरेको हो । कोरोन भाइरस कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि लकडाउन गरेको थियो । पटक पटक म्याद थपेर Read More…
भदौ १ गतेबाट लामो दूरीका यातायात सञ्चालन गर्ने सरकारको निर्णय
काठमाडौं, साउन ६ । सरकारले भदौ १ गतेबाट लामो दूरीका सवारी साधन सञ्चालन गर्ने घोषणा गरेको छ । सञ्चार तथा सूचना प्रविधि र अर्थमन्त्री डा. युवराज खतिवडाले भदौ १ बाट लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ १ गतेबाट आन्तरिक र बाह्य हवाई सेवा सञ्चालन Read More…
सशस्त्र प्रहरी काँकरभिट्टाका दुई जवानमा कोरोना संक्रमण
झापा, साउन ६ । सशस्त्र प्रहरी सीमा सुरक्षा बल काँकरभिट्टाका दुई प्रहरी जवानमा कोरोना संक्रमण देखिएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालाको आजको रिपोर्ट अनुसार उनीहरुमा संक्रमण देखिएको हो । जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले संक्रमित दुबै जनालाई उपचारका लागि मोरङको गोठगाउँ लागिएको बताए । यो सँगै झापामा संक्रमितको संख्या Read More…
भदौदेखि आन्तरिक उडान सञ्चालन गर्ने सरकारकाे निर्णय
काठमाडौं, साउन ६ । सरकारले भदौ १ गतेदेखि आन्तरिक उडान खुलाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ १ गतेदेखि आन्तरिक उडान खोल्नेगरी गृहकार्य गर्न पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ। कोरोना भाइरसविरुद्ध सुरक्षाका उपाय अपनाउँदै भदौदेखि आन्तरिक उडान सञ्चालन गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए। उनका अनुसार Read More…
आज ३८औँ बीपी स्मृति दिवस
काठमाडौं, साउन ६ । नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली काँग्रेसका संस्थापक नेता बीपी कोइरालाको ३८औं स्मृति दिवस आज मनाइँदैछ । बीपीको स्मृतिमा नेपाली काँग्रेस र उसका भ्रातृ संगठनले देशभर विभिन्न कार्यक्रमको आयोजना गर्दैछन् । नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले बीपि संग्रहालय सुन्दरीजल क्षेत्रमा वृक्षारोपण कार्यक्रम राखेको छ । कोइराला २०१५ सालको आमनिर्वाचनमा कांग्रेसले दुई Read More…
रोनाल्डोको २ गोलमा लिग लिडर युभेन्टसको २५ औं जित
काठमाडौँ, साउन ६। इटालियन सिरी ‘ए’ मा सोमबार राति युभेन्टसको घरेलु मैदान भएको ३४औं खेलमा लिग लिडर युभेन्टसले लाजियोमाथि २५औं जित निकालेको छ । युभेन्टसलाई जित दिलाउन रोनाल्डोले दुवै गोल गरेका थिए भने लाजियोका सिरो इम्मोबाइलले एक गोल फर्काए र खेल २–१ को गोल अन्तरमा सकिएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको Read More…
नेताहरू आन्तरिक किचलोमा अल्झिएका कारण पार्टीको जनवर्गीय संगठन अस्तव्यस्त : अनेरास्ववियू नेत्री लामा
काठमाडौं, साउन ५ । सत्तारुढ दल नेकपाको महाधिवेशनको चर्चा चली रहेको बेला अनेरास्ववियू नेत्री आरती लामाले महाधिवेशन पुर्व सबै जनवर्गीय संगठन र मातहतका पार्टी कमिटी सबैको अधिवेशन गर्नु पर्ने विचार व्यक्त गर्नु भएको छ । साथै उनले सोमबार एक पोष्ट गर्दै व्यंग्यात्मक शैलीमा अनेरास्ववियूको महाधिवेशनको बारेमा पनि चिन्ता जनाउनु भएको छ । पोष्टमा उनले बूढो Read More…
पाँचपोखरीको अध्यक्षमा विक्रम खालिङ निर्वाचित
मेचीनगर, साउन ५ । पाँचपोखरी सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा विक्रम खालिङ निर्वाचित भएका छन् । सोमबार भएको निर्वाचनमा खालिङले ३ सय मत प्राप्त गरी विजय भएका हुन् । उनका प्रत्यासी चेतन आचार्यले १९४ मत ल्याएका थिए । कुल मतदाता ५ सय ५७ मध्ये ५ सय १९ मत खसेकोमा २५ मत बदर भएको उपभोक्ता तारानिधी Read More…
झापाका तीन जनासहित आज थपिए १८६ कोरोना संक्रमित
झापा, साउन ५ । सोमबार झापाका तीनजना सहित थप १८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ८४४ पुगेको छ । झापाका संक्रमितमा कचनकवल र गौरीगञ्ज गाउँपालिकाका १/१ जना तथा दमक नगरपालिकाका १ जना पुरुष रहेको स्वास्थ्य कार्यालय झपाका फोकल पर्शन जीवन चौलागाईंले जानकारी दिए । Read More…










