कला

आर्यन र विशालले सहकार्य गरेर फिल्म बनाउने

दिनेश दाहाल
काठमाडौं, साउन २० ।
नायक आर्यन सिग्देल नयाँ फिल्ममा काम गर्ने तयारीमा छन् । उनले निर्देशक विशाल सापकोटाको फिल्ममा काम गर्न लागेका हुन् । आर्यन र विशाल यतिबेला पोखरामा बसेर स्क्रिप्टको कार्य गरिरहेका छन् ।

निर्देशकले विशालले पछिल्लो समय ‘सेल्फी किङ्ग’ निर्देशन गरेका थिए । भने गतवर्ष आर्यनले ‘हजार जुनीसम्म’ र ‘च च हुई’मा अभिनय गरेका थिए । तर, उनको यी दुवै फिल्म चलेन । अब, आर्यन नयाँ फिल्मको तयारीमा जुटेका छन् ।

यो फिल्मको लागि आर्यन सिग्देल मात्रै फाइनल भएको बताइएको छ । निर्देशक विशालका अनुसार यो फिल्म सानो बजेटमा बन्ने छ ।

पछिल्लो समय यि दुबै सफल हुन सकेका छैनन, तर यो चोटि भने कथा बस्तु मा अलिक बढी समय खर्चिन पाउने भएकाले फिल्म राम्रो बन्ने बिश्वास उनीहरुको रहेको छ ।

प्रतीक्षा गरौ आर्यन र विशाल को सहकार्य ले नेपाली चलचित्र क्षेत्र मा योगदान पुर्याउने फिल्न बनाउन कत्तिको सफल होलान् ।