काठमाडौँ, साउन ३१ । आज अगस्ट १५ अर्थात ब्रिटिश साम्राज्यबाट भारत स्वतन्त्र भएको दिन ।
ब्रिटिश उपनिवेशबाट मुक्त भएको दिनको सम्झनामा भारतमा हरेक वर्ष अगस्ट १५ मा विशेष कार्यक्रम गर्दै आएको छ । तर यस वर्ष भने कोरोना महामारीका कारण भौतिक दूरी कायम गरी विविध कार्यक्रम गरेर मनाउदै छ ।
भारतको लालकिल्लामा पुगेर भारतीय स्वतन्त्रता दिवसको समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको सम्प्रभूताको सम्मान सर्वोच्च रहेको र त्यसका लागि सुरक्षाकर्मीले खेलेको भूमिका प्रशंसनीय रहेको बताए । साथै उनले त्यसक्रममा भारतको झण्डाको झण्डोत्तोलन गरेका थिए ।
भारत सन् १९४७ को अगष्ट १५ मा बृटिश साम्राज्यबाट मुक्त भएको थियो । भारतमा शासन गरिरहेको बेलायती सरकार सन् १९४७ मा आजकै दिन भारत छोडेर भागेपछि भारत बेलायती साम्राज्यबाट मुक्त भएको थियो ।

