स्वास्थ्य

इलामको करफोक क्वारेन्टाइनमा बसेका युवकको मृत्‍यु

इलाम, भदा‍ै १ । भारतबाट आएर क्वारेन्टिनमा बसेका एक युवकको मृत्‍यु भएको छ। इलामको सूर्योदय नगरपालिकाको करफोक क्वारेन्टिन बसेका २२ बर्षीय एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।

भारतको हैदराबादबाट आई साउन २६ गते देखि क्वारेन्टाईनमा बस्दै आएका सूर्योदय नगरपालिका ९ घर भएका पुरुषको मृत्यु भएको हो ।

उनको स्वास्थ्यमा समस्या भएपछि आईतबार बिहान १० बजे देखि सूर्योदयन गरपालिकाको स्वास्थ्यकर्मीको टोलीले उनको उपचार गरेपनि राती मृत्यु भएको हो ।

साउन २९ गते उनको स्वाब संकलन गरी मेची अञ्चल अस्पताल पठाईए पनि उनको रिर्पोट भने आउन वाँकी रहेको स्वास्थ्य कार्यालय इलामले जनाएको छ ।