विचार

अपराधका घटना कहिले सम्म लुकाउने ?

बबिता थापा (सन्ध्या)
पाल्पा, भदौ ५ ।
क्षमाप्राथी छु अहिलेको माहोलमा छर्लङ्ग देखिएको सत्य तथ्य घटनामा आधारित भएर लेख लेख्न खोजेकी छु मेरा हात काँपिरहेका छन् मुटुको चाल बढ्दो छ तर पनि यी हात रोकिएनन् ।

बहिनि मार्यो बलात्कारिले
भाई मार्यो सरकारीले
बोलि सबै सकियो आमाको काख रित्तियो
कहिले पाउने न्याय कर्मचारीले ?
देश विदेश बन्न लागिसक्यो अपराधी सिमा पारी भागिसक्यो अपराधजन्य घट्नाले सिमा नाघिसक्यो र पनि न अपराधी भेटिन्छ न अपराध रोकिन्छ ,आखिर यसरी कहिले सम्म हामी नेपाली डर र त्रासमा बाँचिरहने कहिले पाउँछ अपराधीले सजाय र पीडितले न्याय ?

यो मेरो देशको कानुन सम्झदा पनि दिक्क लाग्छ जघन्य अपराध भईरहदा पनि आफन्तको नाममा धरौटी राखेर पैसाको नाममा किन अपराधिहरु छोडिन्छन् रु यसरी अपराधी खुलेलाम हिँडिरहँदा कहाँ नेर छ हामी जनतालाई सुरक्षा ?

घरभित्र बस्यो भित्रै डर बाहिर हिँड्दा बाहिरै डर बजार जाँदा होस् या साथीकोमा कलेज जाँदा होस् या मेडिकल कोही कहिँ जाँदा पनि सुरक्षा छैन यसरी एक मुठी सास कति बेला जान्छ भनेर त्रासमा कहिले सम्म बाँच्ने ?

बर्षौदेखि घटेका डरलाग्दा घट्नाको जस्तै एक आमा सन्तानको लागि न्याय पाउ भनेर ढोका ढकढकाउदा पनि किन न्याय दिन सक्नुहुन्न यसले हामी सोझासाझा कस्तो खालको भ्रम पैदा गर्छ ?

हो हाम्रो देश नेपाल सानो छ तर यहाँ घटनाहरु ठूला घटिरहन्छन् र अपराधी पैसामा वा आफन्त को नाममा छोडिनछन् यसले भोलि आउने पुस्तामा कस्तो खालको सन्देश दिन्छ ?

निर्मला हत्याकाण्ड जुन अहिले सम्म पीडितले न्याय पाउन सकेको छैन जुन घट्नाले हामी नारीहरु कोहि सुरक्षित छौँ भन्ने आभाष नै हुँदैन एक घटना नसेलाउदै अनेक घटना भईरहन्छन् कहिले एसिड प्रहार भन्यो कहिले बुहारी हत्या भन्यो यस्ता डरलाग्दा घट्ना हुँदा पनि सजिलै दुई शब्द मै सान्त्वनाको भावना प्रकट गरेर कुरा टुङ्गिन्छ किन ? यस्ता अपराधका घटना कहिले सम्म लुकाउने ?

हो देशमा नाम मात्रको कानुन भएर यस्ता घटना बढेका हुन् फाँसी नदिए पनि जन्म कैदको सजाय दिन त सकिन्छ त्यो पनि छैन । हो कानुन छ कानुनको सम्मान गर्छौ तर कानुनले पनि हामी जनताको विश्वास तोड्नु हुदैन आफ्नो होस् या पराई अपराधी अपराधी नै हो तिनीहरुलाई कसैगरि उम्किन दिनुहुँदैन। आज एउटा छोड्यो भोलि अर्को, यसरी अपराधी स्वतन्त्र हुने हामी जनता डराएर बाँच्नुपर्ने यो विल्कुल मन्जुर छैन । संविधानमा ऐन कानुन बनाउने तर लागु नगर्ने त्यो ऐन किन ?

पुजा गर्छौ कानुनको, रोकौँ आपराधिक घटना, बचाऊँ देशको स्वाभिमान, सुरक्षा गरौँ गोर्खाली को सान, उच्च राखौँ देशको शिर ।