नरेन इलामेली
इलाम, भदौ ७ । इलामबाट अबैध रुपमा भारत तर्फ लाँदै गरेको १४६ बोरा मटर प्रहरीले बराबद गरेको छ । जिल्लाको सूयोदय नगरपालिका ३ तीनखुट्टेबाट शनिबार राती करिब ८ बजेको समयमा इलाका प्रहरी कार्यालय पशुपतिनगरको प्रहरी गस्ती टोलीले बा ३ ख ५२४४ नम्बरको ट्रकमा लोड गरी बिना भ्याटबील भारत तर्फ लाँदै गरेको प्रति बोरा २५ किलोग्राम भएको १४६ बोरा सेतो मटर बरामद गरेको हो ।

अन्दाजी १ लाख ८२ हजार ५ सय मुल्य बराबारको १४६ बोरा सेतो मटर, मटर तस्करीमा प्रयोग भएको बा ३ ख ५२४४ नम्बरको ट्रक र उक्त ट्रकका चालक इलाम सुर्योदय नगरपालिका १ गोर्खेका ३७ बर्षिय चेतन दाहाललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिइएको मटर, संलग्न ट्रक र ट्रकका चालक दाहाललाई आवश्यक कारबाहीका लागि भन्सार कार्यलय पशुपतिनगर पठाइएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

