राजनीति

नेकपा सचिवालय बैठक भदौ १३ गते बस्ने

काठमाडौं, भदौं ९ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक भदौ १३ गते बस्ने भएको छ ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मंगलवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलले उक्त निर्णय गरेको हो ।

आजको बैठकमा गत शनिवार नेकपा विवाद समाधानका लागि गठन भएको कार्यदलले बुझाएको प्रतिवेदनबारे छलफल समेत गरिएको थियो ।