समाचार

उज्यालो नेपालका नायक कुलमान घिसिङको कार्यवधी पुन: ४ बर्षको लागी थप

विकास घिमिरे
काठमाडौं, भदौं ९ ।
सरकारलाई उज्यालो नेपालका नायक कुलमान घिसिङको कार्यवधी पुनः ४ बर्षको लागी थप गर्न नागरिक स्तरबाट नै ब्यापक दबाब आई रहेको छ ।

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनी कुशलतापवूक आफ्नोकार्य सम्पादन गरेका उनको यही भदौ २९ गते चार वर्षे कार्यकाल सकिन लागेको छ । कार्यकाल सकिन लागे संगै घिसिङलाई फेरि प्राधिकरणमै नेतृत्व दिनुपर्छ भन्ने आवाज बढ्दै गएको छ ।

उनि बिधुत प्राधिकरणको प्रमुख पदमा नियूक्ती हुनुभन्दा अघी दैनिक १८ घन्टा भन्दा बढी समय लोडसेडिङ हुँदै आएको थियो । तत्कालिन प्रचन्ड सरकार हुँदा बखतका उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरको पालामा प्राधिकरणको प्रमुख पदमा नियूक्ती भए पश्चात छोटी समयमा नै देश लाई लोडसेडिङ मुक्त बनाउन सफल भएका थिए ।

तर नागरिकस्तरको चर्को दबाबका बाबजुत पनि कुलमान घिसिङलाई विद्युत् प्राधिकरणमा दोहोर्‍याउनेबारे मङ्गलबारको मन्त्रिपरिषद्को बैठकमा प्रस्ताव नै पुगेको थिएन । कुलमानको विषय मन्त्रिपरिषद्को आजको एजेन्डा नै थिएन ।

२९ गते कार्यकाल सकिने कुलमानको बारेमा आगामी मन्त्रिपरिषदमा प्रस्ताव लग्न सक्ने तर मङ्गलबारको मन्त्रिपरिषद्को बैठकमा प्रस्ताव नै नजाँदै समय थपिएको खबर भाइरल भएपछि मन्त्रीहरु नै छक्क परेका छन् ।