स्वास्थ्य

इलाममा हाल सम्म ८७ जनामा कोरोनाको संक्रमण

नरेन इलामेली
इलाम, भदौ १० ।
इलाममा हाल सम्म ८७ जनामा कोरोनाको संक्रमण देखिएको छ । दश वटा स्थानिय तह रहेको इलाममा हाल सम्म ६ वटा स्थानिय तहका ८७ जनामा कोरोना भाइरस कोभिड–१९ को संक्रमण पुष्टि भएको स्वास्थय कार्यालय इलामका कोरोना फोकल पर्सन विमल बरालले जानकारी दिए ।

हाल जिल्लाका ६ वटा स्थानिय तहमा कोरोनाको संक्रमण देखिएको छ । जसमध्ये इलाम नगरपालिकामा ५६ जना, देउमाइ नगरपालिकामा ४ जना, सूयोदय नगरपालिकामा १५ जना, माइ नगरपालिकामा ३ जना, सन्दकपूर गाउापालिकामा ८ जना र रोङ गाउँपालिकामा १ जनामा कोरोनाको संक्रमण देखिएको फोकल पर्सन बरालले बताए । जिल्लाका चारवटा स्थानिय तह चुलाचुली गाउँपालिका, माइजोगमाई गाउँपालिका, फाकफोकथुम गाउँपालिका र माङसेबुङ गाउँपालिकामा भने हाल सम्म कोरोनाको संक्रमण नदेखिएको उनले जानकारी दिए ।

७८ जना निको भएर घर फर्किए
८७ जनामा संक्रमण पुष्टि भएको इलामका ७८ जना उपचार पछि संक्रमणमुक्त भएर घर फर्किएका छन् । जिल्लाको इलाम नगरपालिकाका ५६ जना, देउमाइ नगरपालिकाका ३ जना, सूर्योदय नगरपालिकाका १५ जना, माइ नगरपालिकाका ३ जना र रोङ गाउँपालिकाका १ जना संक्रमित उपचार पछि कोरोनामुक्त भएर घर फर्किएको बरालले जानकारी दिए । देउमाई नगरपालिकाका १ जना र सन्दकपुर गाउँपालिकाका ८ जना भने उपचारत रहेका छन् ।

२१ जना क्वारेन्टाइनमा
जिल्लाका विभिन्न स्थानिय तहमा रहेका क्वारेन्टाइनमा हाल २१ जना रहेका छन् । जस मध्ये जिल्लाको इलाम नगरपालिकामा ११ जना, देउमाई नगरपालिका, सूर्योदय नगरपालिका, माइ नगरपालिका र रोङ गाउँपालिकामा एक ̷ एक जना र चुलाचुली गाउँपालिकामा ६ जना क्वारेनटाइनमा रहेको फोकल पर्सन बरालले जानकारी दिए ।