काठमाडौं, भदौ १७ । आफ्नै छोरीमाथि बलात्कार गरेको आरोपमा बाबु पक्राउ परेका छन् । प्रहरीले छोरीमाथि बलात्कार गरेको आरोपमा काठमाडौंको शंखमुलबाट ४० वर्षीय बाबुलाई पक्राउ गरेको हो ।
काठमाडौं महानगरपालिका–३१ शंखमुल बस्ने ४० वर्षीय पुरुषले आफ्नै ७ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले मंगलबार राति पक्राउ गरेको हो ।
उनले छोरीमाथि पटक–पटक बलात्कार गरेका थिए । उनलाई महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका पुरुषबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

