विविध

आफ्नै दाजुवहीनिबीच मायाँ पिरती, हाडनाता करणीमा पुरुष पक्राउ

सोलुखुम्बु, भदौ १८ । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका २ का एक पुरुष हाडनाताकरणी आरोपमा पक्राउ परेका छन् । एउटै बाबुआमाको काखबाट जन्म लिएका १९ बर्षिय बहिनीसंग अवैध सम्बन्ध राखेका २३ वर्षिय दाजुलाई प्रहरीले पक्राउ गरेको हो ।

दाजु वहिनीबीचको सम्बन्धबारे आमाले प्रहरीलाई सूचना दिएपछि घटना वाहिर आएको हो । ती युवकलाई हाडनाताकरणी अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । ती युवकलाई बुधबार पक्राउ गरि सदरमुकाम सल्लेरी लगिएका छ । थप अनुसन्धान गरी पक्राउ परेका पुरुषमाथि जवरजस्ती हाडनाताकरणी अन्तर्गत मुद्धा चलाईने प्रहरीले जनाएको छ ।

पक्राउ पर्नु अघि प्रहरी र समुदायमा भएको बेग्लाबेग्लै छलफलमा अवैध सम्बन्ध राख्ने दाजु वहिनीले विहे गरेर जीवन चलाउन तयार रहेको वताएको एक स्थानीयले वताएका छन् । ‘हामीले सहमतिमै यौन सम्बन्ध राखेका हौ । बरु, हामी गाउँमा बस्दैनौ तर हाम्रो विवाह हुने वातावरण बनाइदिनुस’ छलफलमा सहभागी रहेका एक स्थानीयले दाजुवहिनीको भनाईलाई उदृत गर्दै भने । उनका अनुसार दाजुवहिनीले नै आफूहरु जवरजस्तीको सम्बन्ध नभएकाले विवाह गर्न राजी भएको वताएका थिए ।

तर आमाको उजुरी र स्थानीयको दवावमा प्रहरीले ती युवकलाई पक्राउ गरेको स्थानीयको भनाई छ ।

स्थानीयका अनुसार यौनिक गतिविधिको लागि समय नमिल्ने भएपछि ती दाजुवहिनीले घरका अन्य सदस्यलाई घर बस्न समेत नदिने जस्ता गतिविधि गर्दै आएका थिए । गत साउन १ गते दाजु वहिनीको अवैध सम्बन्धका बारेमा थाहा पाएका आमालाई सूचना बाहिर नजाओस् भन्दै धम्की समेत दिदै आएको पारिवारिक स्रोतलाई उदृत गर्दै स्थानीयले वताए । योहो खबर