काठमाडौं, भदौ २६ । डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी)ले नयाँ सिजनको फ्रेन्च लिग वानमा पराजय ब्यहोरेको छ ।
बिहीबार राति भएको खेलमा डिफेन्डिङ च्याम्पियन पीएसजी लेन्ससँग १–० गोलले पराजित भएको हो । लेन्सको मैदानमा भएको खेलमा घरेलु टोलीलाई जिताउन इग्नाटिअस गनागोले निर्णायक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ५७औं मिनेटमा गनागोले गोल गर्दै लेन्सलाई पहिलो जित दिलाएका थिए । यससँगै पीएसजीले दुःखद सुरुआत गरेको छ । ऊ लेन्सविरुद्ध आफ्ना स्टार खेलाडीहरूविना नै मैदान उत्रिएको थियो ।
उसका स्टार नेयमार र किलियन एम्बाप्पेसहित ७ खेलाडीमा कोरोना संक्रमण देखिएको थियो । र, उनीहरू आइसोलेशनमा रहेका कारण पीएसजी स्टार खेलाडीविहीन छ ।
जितसँगै १२औं स्थानको लेन्सले ३ अंक जोडेको छ । यसअघि ऊ नाइससँग पराजित भएको थियो ।

