स्वास्थ्य

मेचीनगरका १० सहित झापामा थप ४८ जनामा कोरोना संक्रमण पुष्टि

झापा, कात्तिक ३ । झापामा सोमबार ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य कार्यालय झापाका अनुसार मेचीनगरका १० जना, भद्रपुरका १५ जना, विर्तामोडका ११ जना, अर्जुनधाराका १ जना, बुद्धशान्तिका १ जना, दमकका १ जना, कमलका १ जना, झापाका २ जना, र गौरादहका ६ जना संक्रमण पुष्टि भएको हो।

झापामा कोरोनाबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ भने सक्रिय संक्रमित ४०६ जना रहेका छन्।