संघ \संस्था

पोखरा जेसीजको अध्यक्षमा किरण केसी निर्वाचित

बाहुण्डाँगी, मंसिर १६ । २०२१ को ४८ औँ राष्टिय महाधिवेशन गर्ने शाखा पोखरा जेसीजको अध्यक्षमा किरण केसी निर्वाचित हुनु भएको छ । शाखाको शनिवार सम्पन्न ४१ औँ शाखा अधिवेशनले केसीलाई सर्वसम्वत रुपमा निर्वाचित हुनु भएको निर्वाचन आयुक्त शिव सुवेदीले बताउनु भयो ।

२००७ बाट पोखरा जेसीजमा प्रवेश गर्नु भएका केसी पोखरा जेसीजका विभिन्न पदमा रहेर लामो अनुभव प्राप्त गर्नु भएको छ । पेशाले इन्जिनियर केसी पोखराकै प्रसिद्ध कलेज ला ग्रान्डी इन्टरनेश्लन कलेजका प्रिन्सिपल समेत हुनुहुन्छ । नेपाल जेसीजको महाधिवेशन अध्यक्ष रहने केसी सालिन, सरल र बौद्धिक व्यक्तित्वमा परिचित हुनुहुन्छ ।

शाखाको कार्यकारीणी उपाध्यक्षमा सन्देश पराजुली, उपाध्यक्षहरुमा विनु श्रेष्ठ, तिलक लामिछाने, बलराम कुइकेल र इभिक कर्मचार्य निर्वाचित भएका शाखा अधिवेशन निर्देशक सन्तोष शाहीले बताउनु भयो । यसैगरी, शाखाको महासचिवमा भाइराजा राना मगर, कानुनी सल्लाहकारमा देवराज शर्मा र कोषाध्यक्षमा कुशल पौडेललाई चयन गरिएको छ । अधिवेशन शाखाका २०२० का अध्यक्ष शिव सापकोटाको अध्यक्षमा सम्पन्न भएको थियो ।