मेचीनगर, पुस ११। आदर्श धिमाल समाज मेचीनगर–८ को अध्यक्षमा रघुनाथ धिमाल चयन भएका छन् । शनिबार मेचीनगर–८ स्थित सनसाईन अंग्रेजी मावि परिसरमा सम्पन्न साधारणसभाबाट सर्वसम्मत रुपमा अध्यक्षमा रघुनाथ चयन भएका हुन् ।
संंस्थाको उपाध्याक्षमा जितेन्द्र धिमाल, सचिवमा रविन्द्र धिमाल, सहसचिवमा रोहित धिमाल तथा कोषाध्यक्षमा लक्ष्मी धिमाल चयन भएका छन् । संस्थाको सदस्यहरुमा ससीव धिमाल, रमिला धिमाल, कविता धिमाल र पास्कोरा धिमाल रहेका छन् ।
त्यसैगरी संस्थाको सल्लाहकार समिति संयोजकमा विकेन्द्र कुमार धिमाल चयन भएका छन् । सल्लाहकार सदस्यहरूमा चित्र कुमार धिमाल, सुवास मिजार, सञ्जय कुमार धिमाल र मेहरलाल धिमाल चयन भएका छन् ।
मेचीनगर–८ का वडा अध्यक्ष बिकेन्द्र कुमार धिमालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष धिमाल, धिमाल जाती विकास समिति मेचीनगर अध्यक्ष चित्र कुमार धिमाल, आदर्श धिमाल समाजका संस्थापक सदस्य सुवास मिजारलगायतले शुभकामना मन्तब्य राखेका थिए ।
संस्थाका अध्यक्ष सञ्जय धिमालको सभापतित्व सम्पन्न तेस्रो बार्षिक साधारण सभा कार्यक्रममा स्वागत मन्तब्य संस्थाका मेहरलाल धिमाल र कार्यक्रमको सञ्चालन संस्थाका सचिव सन्तोष धिमालले गरेका थिए ।

