संघ \संस्था

देशकै पुरानो शाखा पाटनमा नयाँ पुस्ता, अध्यक्षमा जाज्वल्य मान

बाहुण्डाँगी, १५ पुस । देशकै पुरानो शाखा पाटन जेसीजमा पछिल्लो वर्ष युवा पुस्ताले नेतृत्व गर्न थालेका छन् । जेसीजमा नेतृत्व गर्नका लागि पुरानो वा जेष्ठताका आधारमा हुनु पर्छ भन्ने मान्यतालाई पछि पार्दै पाटनले युवा पुस्तालाई नेतृत्व गर्ने अवसर दिन थालेको हो । तीन वर्ष यता पाटनले युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्दै आएको छ । २०२१ मा आएको टिम यसको एउटा उदाहरण हो ।


२०२१ को अध्यक्षमा निर्वाचित जाज्वल्य मान जोशी उमेरले ३२ वर्ष पुग्दैछन् । अन्य शाखाको तुलनामा हुर्ने हो भने यो उमेर सानै हो । मंगलवार सम्पन्न शाखाको ५० औँ वार्षिक साधारणसभाले जोशीलाई अध्यक्षमा निर्वाािचत गरेको हो ।


शाखाको कार्यकारीणी उपाध्यक्षमा प्रकृति जोशी, कुशलभक्त जोशी, उपाध्यक्षहरुमा अक्षय बोकी, आरती तन्दुकार, रोहन तन्दुकार र सुबानी अमात्य निर्वाचित भएका निर्वाचन आयुक्त अरुण शंकर बैद्यले बताउनु भयो । । यसैगरी नवनिर्वाचित अध्यक्ष जोशीले महासचिवमा दिलिप चौधरी, कानुनी सल्लाहकारमा २०१९ का अध्यक्ष मिजास चित्रकार र कोषाध्यक्षमा प्रवेश मल्ललाई मनोनित गर्नु भएको छ ।


शाखाकी २०२० की अध्यक्ष डेजी नापितको सभापतित्व तथा नेपाल जेसीजका लागि २०२१ का कार्यकारीणी उपाध्यक्ष सुमनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शाखाका पूर्व अध्यक्षहरु राकेशभक्त मुल्मी, सम्राट मान जोशी, निकेन मान प्रधान,, सिर्जेशलाल शिल्पकारलगायतको सहभागिता रहेको थियो । स्मरण रहोस २०२० लाई पाटन जेसीजले स्वर्ण जयन्ती वर्षका रुपमा वर्षभरी विविध कार्यक्रम गरेर मनाएको थियो । साथै पाटनले अहिलेसम्म ५ जना राष्टिय अध्यक्ष तथा एक जना अन्तराष्टिय उपाध्यक्ष प्राप्त गरिसकेको छ ।