काठमाडौं, पुस २१ । ईङलिश प्रिमियर लिग फुटबल प्रतियोगितामा साउथ हेम्प्टनले लिभरपुललाई पराजित गरेको छ ।
साउथ हेम्प्टनको घरेलु मैदानमा भएको खेलमा लिग लिडर लिभरपुल १–० ले पराजित भएको हो । खेलको दोस्रो मिनेटमै डानी ईग्सले गरेको गोल साउथहेम्प्टनको जितमा निर्णायक बनेको थियो । ६७ प्रतिशत बल पोजिशनको खेलमा लिभरपुलका डेढ दर्जन प्रयास खेर जाँदा हार भोग्न बाध्य भयो ।
जारी सिजनको लिगमा लिभपुलको यो दोस्रो हार हो । १७ खेलबाट ३३ अंक जोडेको लिभरपुल हारका बाबजुत पनि तालिकाको शीर्ष स्थानमा कायम छ । म्यानचेष्टर युनाईटेडसंग समान अंक भएपनि गोलअन्तरमा लिभरपुल अघि रहेको हो । यद्यपी म्यान युनाईटेडले एक खेल कम खेलेको छ ।

