अन्य

सांसद बानियाँद्वारा प्रथम घेराबारी गोल्डकपको उद्घाटन, प्रतियोगितामा झापाका आठ टिमले प्रतिष्पर्धा गर्ने

झापा, पुस २० । प्रथम घेराबारी नकआउट गोल्डकप आजबाट सुरु भएको छ । गोल्डकपको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सांसद बसन्त बानियाँले गरेका थिए ।

कचनकवल वडा नं १ घेराबारी युवा परिवार द्वारा आयोजित प्रतियोगिताको आज भएको उद्घाटन खेलमा मुनाल क्लब चन्द्रगडि र जलथल फुटबल क्लब बिच प्रतिष्पर्धा भएको थियो । जसमा १–० गोल अन्तरले मुनाल क्लबलाई पराजित गर्दै जलथल फुटबल क्लब विजयी भएको छ ।

पुर्व देउराली सामुदायिक वन उपभोक्ता समितिको प्राङ्गणमा आज बाट सुरु भएको प्रतियोगितामा झापाका आठ वटा टिमले प्रतिष्पर्धा गर्ने आयोजक क्लबका अध्यक्ष देब लिम्बूले जानकारी दिए । उनका अनुसार आगामी पुस २८ गते फाईनल खेल हुने प्रतियोगिताको विजेताले नगद ५० हजार र उपविजेता टिमले नगद २५ हजार र ट्रफी प्राप्त गर्ने छन् ।