विविध

५० राउन्ड गोलीसहित त्रिभुवन विमानस्थलबाट मेचीनगरका राई पक्राउ

काठमाडौँ, पुस २० । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पेस्तोलमा प्रयोग हुने ५० थान गोलीसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापाको मेचीनगर नगरपालिका २ का बद्रीहाङ राई रहेको महानगरीय विमानस्थल प्रहरी सुरक्षा कार्यालयले जनाएको छ । कार्यालयका अनुसार चेक जाँचको क्रममा ९ एमएम पेस्तोलमा लाग्ने ५० थान गोलीसहित उनलाई पक्राउ गरिएको हो ।

राई श्री एयरलाइन्सबाट झापाको भद्रपुर जाँदै थिए ।