बाहुण्डाँगी, २१ पुस । काभ्रे जेसीजका लागि २०२१ को जिम्मेवारी सुवाष वैद्यको काँधमा थपिएको छ ।
शनिवार सम्पन्न काभ्रे जेसीजको ४४ औँ साधारणसभा तथा ३४ औँ शाखा अधिवेशनबाट वैद्यको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको हो ।
शाखाको कार्यकारीणी उपाध्यक्षमा रिकेश सैजु, सुरेन्द्र सुद्धकार तथा उपाध्यक्षहरुमा ज्ञाानेन्द्र दाहाल, विजयराम बञ्जारा, सुदिप वस्नेत, रुकेशराज भण्डारी निर्वाचित भएका छन् ।

यस्तै कानुनी सल्लाहकारमा विजेश मुल्मि, महासचिवमा सञ्जिव मानन्धर, कोषाध्यक्षमा सुमित मानन्धर र तालिम संयोजकमा स्वरुप शाक्यलाई नवनिर्वाचित अध्यक्ष वैद्यले मनोनित गर्नु भएको छ ।
२०२० का शाखा अध्यक्ष रिकेश श्रेष्ठको सभापतित्व तथा शाखाका पूर्व अध्यक्ष महेन्द्रनाथ कर्मचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

