अन्य संघ \संस्था

दैलेख जेसीजको अध्यक्षमा धु्रबकुमार थापा

बाहुण्डाँगी, २१ पुस । दैलेख जेसीजको वर्ष २०२१ को अध्यक्षमा धुव्रकुमार थापा निर्वाचित हुनु भएको छ ।
मंगलवार सम्पन्न शाखाको २३ औँ वार्षिक साधारणसभाले थापालाई अध्यक्षमा सर्वम्वत निर्वाचित गरेको हो ।


शाखाको कार्यकारीणी उपाध्यक्षमा दुर्गाप्रसाद न्यौपाने, रमेशकुमार थापा तथा उपाध्यक्षहरुमा मिनाकुमारी थापा, गणेशप्रसाद कोइराला, देवेन्द्रप्रसाद आचार्य र सुभाष कुमार थापा निर्वाचित भएका शाखाका २०१८ का अध्यक्ष चेतन विष्टले बताउनु भयो । उहाँका अनुसार अन्य पदमा भने पदहस्तान्तरण समारोहमा मनोनित गरिनेछ ।
शाखाका अध्यक्ष प्रकाश पौडेको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्व अध्यक्षहरु सन्देशकुमार श्रेष्ठ, विनोदकुमार श्रेष्ठ, चेतनकुमार विष्ट, निवर्तमान अध्यक्ष रमा प्याकुरेललगायतको सहभागिता रहेको थियो ।