राजनीति

प्रधानमन्त्री ओलीको समर्थनमा काठमाडौंमा ‘धोती जुलुस’

काठमाडौं, पुस २५ । प्रधानमन्त्री केपी शमा ओलीको समर्थनमा काठमाण्डुमा विशाल जुलुस प्रदर्शन गरिएको छ ।

प्रधानमन्त्री ओलीले गरेको प्रतिनिधिसभा विघटनको समर्थन गर्दै नेकपा ओली समूहको युवा संघको आह्वानमा शनिबार राजधानीमा निस्केको र्‍यालीमा धोती जुलुस निकालिएको हो ।

जुलुसमा सहभागीले धोती, कुर्ता र गम्छा लगाएर ‘आज होइन भोलिलाई, १० वर्ष ओलीलाई’ , ‘धोती, कुर्ता,गम्छा मधेशीका शान, केपी ओली हमनी सबके जान बा’ भन्ने नारा लगाएका थिए ।

जुलुसमा ओली पक्षका नेता महेश बस्नेतलगायतको सहभागिता थियो । र्यालीमा सहभागी हुन महोत्तरी, सर्लाही लगायतका जिल्लाबाट शुक्रवार नै मानिसहरु काठमाडौं आएका थिए ।

उनीहरुले प्रधानमन्त्रीको समर्थनमा युवा संघको झण्डा बोकेर माइतीघर मण्डलादेखि रत्नपार्कसम्म धोती जुलुस प्रदर्शन गरेका थिए । प्रदर्शनले काठमाडौंको सवारी आवागमन समेत प्रभावित भएको छ ।