मेचीनगर, पुस २६ । बिन्ती बचत तथा ऋण सहकारी संस्थाको १२ औं बार्षिक साधारण सभा तथा चौथो अधिवेशनबाट दशरथ खडिया अध्यक्षमा निर्वाचित भएका छन् ।

आगामी ४ वर्षे कार्यकालका लागि निर्वाचन प्रक्रियाबाट अध्यक्षमा खडिया चयन भएका हुन् । त्यसैगरी, उपाध्यक्षमा प्रेमबहादुर देवकोटा, सदस्यहरुमा माण्डु धिमाल, देवकुमारी श्रेष्ठ, असारु खडिया, उत्तम चौहान, हेमनारायण धिमाल, चम्पा तामाङ निर्वाचित भएको निर्वाचन समिति संयोजक राजेन्द्र राईले जानकारी दिए ।
त्यसैगरी, पा. दशरथ खडियाको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति निर्वाचित भएको छ । समितिको सदस्यहरुमा योगेन्द्र थापा मगर र सन्चरुवा उराँव रहेका छन् ।
निर्वाचन समिति संयोजक राजेन्द्र राईले पद तथा गोपनियताको सपथग्रहण गराएका थिए । सपथ ग्रहण कार्यक्रममा निर्वाचन समिति सदस्यहरु देवनारायण सिटौला, प्रतिक उराँवलगायतको उपस्थिति रहेको थियो ।



