खेलकुद

प्रधानमन्त्री कपमा आर्मीको लगातार दोस्रो जित

काठमाडौं, माघ ४ । काठमाण्डौमा जारी प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिताको तेस्रो दिन मुलपानी मैदानमा सम्पन्न खेलमा नेपाल आर्मी क्लब विजयी भएको छ । प्रतियोगितामा लगातार दुई खेल जित्ने क्रममा कर्णाली प्रदेशलाई ८० रनले पराजित गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपाल आर्मी क्लबले मध्यम प्रदर्शन गर्न पुग्यो। उसका लागि ओपनर अनिल मण्डलले ८९ तथा कप्तान विनोद भण्डारीले ४० रन जोड्नु बाहेक अन्यले उल्लेखनिय प्रदर्शन गर्न नसक्दा टिम ४३.३ ओभरमा १९५ रनमा नै अलआउट हुन पुग्यो।

बलिङमा कर्णालीका लागि भने दिनेश अधिकारी ,राज शाह र दिवान पुनले समान २/२ विकेट लिए भने रविन्द्र साहि, अन्जु चुनारा,दिनेश अधिकारी तथा युनिस सिंहले समान १/१ विकेट लिए ।

१९६ रनको लक्ष्यका साथ मैदान उत्रिएको कर्णाली प्रदेश ३३.३ ओभरमा ११५ रनमा अलआउट भएको थियो। कर्णालीका लागि कप्तान रविन्द्र जंग शाहीले ३० रनको ठुलो इनिङ खेले।

बलिङमा आर्मी क्लबका सुसन भारीले ४, साहब आलमले ३तथा रोहित पौडेलले २ विकेट हात पारे।