अर्थ

बौद्धमोड साकोसको १२औं साधारणसभा सम्पन्न

मेचीनगर, माघ ४ । मेचीनगर–२ स्थित बौद्धमोड कृषि सहकारी संस्थाको १२औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । बौद्धमोड बजार परिसरमा आयोजित सभाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका जिल्ला सहकारी संघ सञ्चालक समिति सदस्य दुर्गाप्रसाद सापकोटाले गरेका थिए ।

सभाको खुल्ला सत्रमा प्रमुख अतिथि सापकोटा, विशेष अतिथि मेचीनगर वडा नम्बर २ का अध्यक्ष तिलक न्यौपाने, सिद्धिखोला जल उपभोक्ता समिति अध्यक्ष निलकण्ठ तिवारी, प्रेरणा कृषि सहकारी संस्थाका अध्यक्ष बद्री निरौलालगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सो कार्यक्रमका सभापति एवँ संस्थाका संञ्चालक समिति अध्यक्ष नरेन्द्र काफ्लेले उद्घाटन सत्रमा संस्थाको वार्षिक प्रतिवेदन र लेखा समिति संयोजक पोषककुमार दर्जीले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा संस्थाको नियमिति बतत कर्जा तर्फ रेखा गिरी र पुर्णंप्रसाद खतिवडा, असल ऋणी तर्फ सावित्रादेवि दाहाल र टिकाराम सार्की, जेष्ठ नागरिक तर्फ गुडीमाया राई र बुद्धिप्रसाद खनाललाई सम्मान गरिएको थियो ।

संस्थाको सञ्चालक समिति सदस्य गौरा तामाङले स्वागत गरेको सो कार्यक्रमको सञ्चालन संस्थाका व्यवस्थापक हेमन्त मोक्तानले गरेका थिए ।