मेचीनगर, माघ ९ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वले गरेको संसद विघटनको विरोधमा चरणबद्ध आन्दोलन गरिरहेको प्रचण्ड–नेपाल पक्षले झापाको मेचीनगरमा प्रतिगमन बिरुद्धको बिरोध सभासहित र्यालि गर्ने भएको छ ।
केपी शर्मा ओलीले असंवैधानिक ढंगले गरेको संसद विघटनको प्रतिगमन बिरुद्ध नेकपा प्रचण्ड–नेपाल पक्षले मेचीनगरको धुलाबारीमा भोली हुने प्रतिगमन बिरुद्ध कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको झापा संघर्ष समितिका संयोजक तथा पार्टीका केन्द्रीय समिति सदस्य रविन कोइरालाले जानकारी दिए ।

मेचीनगरस्थिति धुलाबारीको पासाङ लामु भवनमा हुने विरोध सभालाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, पार्टीका केन्द्रीय सदस्य राम कार्की र केन्द्रीय सदस्य रविन कोइरालाले सम्बोधन गर्ने भएका छन् ।

