बाहुण्डाँगी, माघ १३ । धादिङ जेसीजको आठौ पदस्थापना तथा पुरष्कार बितरण कार्यक्रम आज अरेन्ज एग्रो रिसोर्ट धुनिबेशी(६, गौचरण, धादिङमा सम्पन्न भएको छ।
धादिङ जेसीज बर्ष २०२० का अध्यक्ष प्रितम त्रिपाठीको सभापतीत्व तथा नेपाल जेसीजका पुर्व महासचिब बिश्वम्भर बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बर्ष २०२० का अध्यक्ष प्रितम त्रिपाठीले बर्ष २०२१ का अध्यक्ष दिवश भट्टलाई धादिङ जेसीजको चेन तथा अध्यक्ष पद हस्तान्तरण गर्नु भयो।

पुर्व अध्यक्ष शदिप बिक्रम शाहले संचालन गर्नु भएको कार्यक्रममा नेपाल जेसीजका उपाध्यक्ष राजन गौतम र धापासी जेसीजका संस्थापक अध्यक्ष प्रकाश घिमिरेले बिशेष आतिथ्यता ग्रहण गर्नु भएको थियो भने वडा नं ६ का अध्यक्ष कान्छा तामाङ, नेपाली काँग्रेस धुनिबेशीका सचिव माधब सिलवाल, नेबिसंघ धादिङ(३ का अध्यक्ष रंजित पाठक, मछिन्द्र क्याम्पसका स्व। बि। यु। सभापती प्रमोद गिरी, लायन्स क्लबका संस्थापक अध्यक्ष शेखर कार्की, महादेवस्थान मा।बि। का पुर्व प्र।अ। राजकुमार कुवर, धादिङ जेसीजका पुर्व अध्यक्षहरु, बिभिन्न शाखाका अध्यक्षहरु, बिभिन्न संस्थाका प्रतिनिधिहरु, धुनिबेशी नगरका ब्यवसायीहरुको आतिथ्यता तथा उपस्थिति रहेको थियो।

कार्यक्रमको स्वागत मन्तब्य अचुत उप्रेतीले गर्नु भएको थियो भने धन्यबाद मन्तब्य पुर्व अध्यक्ष बिनोद कुमार उप्रेतीले गर्नु भएको थियो। कार्यक्रममा पुर्व अध्यक्षहरु, अतिथीहरु, बिशेष अतिथीहरु तथा प्रमुख अतिथीले शुभकामना मन्तव्य राख्नु भएको थियो।

