धर्म संस्कृती संघ \संस्था

शिवालय कालि–कृष्ण मन्दिरको पहिलो बार्षिक साधारणसभा सम्पन्न

मेचीनगर, माघ १३ । मेचीनगर–८ स्थित शिवालय कालि–कृष्ण मन्दिरको पहिलो बार्षिक साधारणसभा सम्पन्न भएको छ । मेचीनगर– ८ सुर्योदय टोलमा रहेको मन्दिर परिसरमा आयोजित सभाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रदेश सांसद श्रीप्रसाद मैनालीले गरेका थिए ।

सभाको खुल्ला सत्रमा प्रमुख अतिथि सांसद मैनालीले मन्दिरको स्तारोन्नतीका लागी आफुले सकेको सहयोग गर्ने बचन बद्धता जाहेर गरे । आफु जनप्रतिनिधि भएका कारण पार्टी र व्यक्ति भन्दा पनि माथी उठेर जनताको सेवामा अनवरत लाग्ने भन्दै अहिलेको राजनैतिक परिबेशबाट यस क्षेत्रका जनताहरु निरास नहुन पनि सबैलाई उनले आग्रह गरे ।

जाती, धर्म र मठमन्दिर धेरै भएको वडाको रुपमा मेचीनगर–८ वडा रहेकाले हामीले गौरव गर्नु पर्ने मेचीनगर–८ का वडा अध्यक्ष विकेन्द्र धिमालले बताए । उनले भने हामीले वडामा सबै धर्म र जातीको संस्कृतिलाई संरक्षण र प्रबद्धन गर्न आवश्यक सहयोग गरिरहेको बताए । शिवालय कालि–कृष्ण मन्दिरलाई पनि सामुदायिक भवन बनाउनका लागि वडाले तीन लाख बजेट बिनियोजन गरिसकेको र आगामी दिनमा पनि थप सहयोग गर्ने वडा अध्यक्ष धिमालले बताए ।

कार्यक्रममा नेकपाका नेता तथा पूर्व जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष द्वय डिल्लिराम घिमिरे र शंकर थापा, नेकपा मेचीनगर–वडा सचिव बिष्णु भट्टराई, नेपाली कांग्रेस मेचीनगर–८ सभापति गिरीराज धमलाालगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा मेचीनगर–८ का वडा सदस्यहरु सन्तोष मेचे, गंगा पाठक र बिष्णु बराईली, नेपाली कांग्रेस मेचीनगर–८ उपसभापती बालकृष्ण ढुङ्गान, समाजसेवी भोगेल राजवंशीलगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा अतिथिहरु शंकर थापाले नगद एघार हजार र बिष्णु भट्टराईले नगद पाँच हजार मन्दिर व्यवस्थापन समितिलाई सहयोग गरे ।

कार्यक्रममा मन्दिर व्यवस्थापन समितिले सो क्षेत्रका १० जना जेष्ठनागरिकहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

शिवालय कालि–कृष्ण मन्दिर व्यवस्थापन समितिकी अध्यक्ष मीना राजवंशीको अध्यक्षतामा आयोजना भएको कार्यक्रममा स्वागत तथा सञ्चालन संस्थाका सल्लाहकार रेवन्तराज पोखरेल(अर्जुन)ले गरेका थिए ।