काठमाडौं, पुस १९ । जाडोको मौसममा बालबालिकालाई निमोनिया लगायतका रोग लाग्ने सम्भावना बढी हुने भएकाले यसमा सतर्कता अपनाउन चिकित्सकले सुझाव दिएका छन् । जाडोमा निमोनियाबाहेक रुघाखोकी, ब्रोनकाइटिक्स, दमलगायत सरसफाइको कमीले हुने रोगबाट समेत बालबालिका प्रभावित हुन सक्ने हुँदा यसमा सावधानी अपनाउनुपर्ने सुझाव दिइएको हो । कान्ति बाल अस्पतालका निर्देशक डा. कृष्ण पौडेलका अनुसार जाडो मौसममा बालबालिकालाई हुने Read More…
Month: January 2021
टोटेनहम शीर्ष तीनमा
काठमाडौं, पुस १९ । टोटेनहम इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष तीनमा उक्लिएको छ । लिड्स युनाईटेडलाई शनिबार राति भएको खेलमा ३-० को जित निकाल्दै टोटेनहम प्रिमियर लिगको शीर्ष तीनमा उक्लिएको हो । टोटेनहमलाई जित दिलाउन ह्यारी केन, ह्युङ मिन सन र टोबी एल्डरवायर्ल्डले एक-एक गोल गरे । खेलको अन्तिम केही समय टोटेनहम १० खेलाडीमा समेटिएको Read More…
पर्वत जेसीजको पदहस्तान्तरण
बाहुण्डाँगी पुस १५ । पर्वत जेसीजको २५ औँ पदहस्तान्तरण तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ । कार्यक्रममा पर्वत जेसीज वर्ष २०२० का अध्यक्ष रामु शर्माले २०२१ का नवनिर्वाचित अध्यक्ष सुमन श्रेष्ठलाई आफ्नो गलामा भएको जेसीज चेन पहिर्याउँदै पद हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रमको उद्घाटन नेपाल जेसीजका राष्टिय अध्यक्ष सिनेटर अरुणेश्वर खनालले गर्नु भएको Read More…
‘‘नेपाल जेसीजका तालिम सीपमुलक हुनेछन्’’ – राष्ट्रिय अध्यक्ष अरुणेश्वर खनाल
देबु बानियाँ बाहुण्डाँगी, पुस १८ । नेपाल जेसीज २०२१ का राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर अरुणेश्वर खनालले नेपाल जेसीजबाट सञ्चालन हुने अबका तालिमहरु सीपमुलक र व्यवसायिक हुने बताउनु भएको छ । बिहिवार नेपाल जेसीजको पदभार ग्रहण गरेपछि पोखरा जेसीजको पदहस्तान्तरणको पहिलो औपचारिक कार्यक्रमलाई शुक्रवार साँझ सम्बोधन गर्दै राष्टिय अध्यक्ष खनालले जेसीजले दिने हरेक तालिमहरु सीपमुलक र Read More…
धुलावारी जेसीजको अध्यक्षमा राजिप प्रसाई
बाहुण्डाँगी, पुस १८ । धुलावारी जेसीजको २०२१ को अध्यक्षमा राजिप प्रसाई निर्वाचित हुनु भएको छ । शुक्रवार सम्पन्न शाखाको ४२ औँ साधारणसभा तथा शनिवार सम्पन्न निर्वाचन प्रक्रियाबाट प्रसाई अध्यक्षमा निर्वाचित हुनु भएको हो । प्रसाई २०२० को कार्यकालमा महासचिव पदमा रहेर जिम्मेवारी पुरा गर्नु भएको थियो । शाखाको कार्यकारीय उपाध्यक्ष रविन्द्र पाठक (रविन), दिनानाथ भट्टराई, Read More…
कञ्चन जेसीजको तेस्रो अध्यक्ष राधिका चौधरी
बाहुण्डाँगी, पुस १८ । कञ्चन जेसीज बर्ष २०२१ को अध्यक्षमा राधिका चौधरी सर्वसम्वत निर्वाचित हुनु भएको छ । शनिवार सम्पन्न शाखाको दोस्रो साधारणसभाले चौधरीलाई अध्यक्षमा निर्वाचित गरेको हो । सैनामैना जेसीजको मातृत्वमा २०१८ मा स्थापना भएको कञ्चन जेसीजले रत्ननगर महाधिवेशनमा पूर्ण स्वीकृत पाएको थियो । चौधरी शाखाको तेस्रो अध्यक्ष हुन् । शाखाको संस्थापक अध्यक्ष चुडामणी Read More…
फोटो पत्रकार खरेललाई सुसेली साहित्य पुरस्कार
बाहुण्डाँगी, पुस १८ । चराहरुको खोज गरेर नेपाललाई चरा पर्यटनका माध्यमबाट विश्वभर परिचित गराउने अभियानमा लागेका झापा मेचीनगरका देवेन्द्र खरेललाई सुसेली साहित्यक परिवारले यो वर्षको सुशेली साहित्यक प्रतिभा पुरस्कारबाट सम्मानित गरेको छ । १२ वर्षदलेखि काँकरभिट्टामा फोटो तथा भिडियो ग्राफीको व्यवसाय गर्दै आउनु भएका खरेल पछिल्लो समय चराहरुको संरक्षण अभियानमा लाग्नु भएको थियो । खरेलले Read More…
नेकपा प्रचण्ड–नेपाल समूहको बिर्तामोडमा प्रदर्शन (फोटोफिचर)
झापा, पुस १८ । संसद विघटनविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले शनिवार झापाको बिर्तामोडमा प्रदर्शन गरेको छ। प्रधानमन्त्री केपी शर्मा नेतृत्वको मन्त्रिपरिषद बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि नेकपा प्रचण्ड–नेपाल समूह अहिले देशै भर सडक संघर्षमा उत्रिएको छ । सोही कार्यक्रम अनुसार आज झापामा पनि बृह्त बिरोध सभा आयोजना गरेको हो Read More…
लुम्बिनीलाई पराजित गर्दै प्रदेश नं. १ फाईनलमा प्रवेश, अब उपाधिका लागि एपीएफ संग भिड्ने
काठमाडौं, पुस १८ । प्रदेश नम्बर नं. १ दाङमा जारी प्रधानमन्त्री कप (पीएम कप) राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । लमहीमा शनिबार भएको दोस्रो सेमिफाइनलमा लुम्बिनी प्रदेशलाई १० विकेटले पराजित गर्दै प्रदेश नं.१ उपाधि नजिक पुगेको छ । अब उपाधिका लागि प्रदेश नं. १ ले आइतबार फाईनलमा एपीएफसंग प्रतिस्पर्धा गर्ने छ । Read More…
नकलबन्दा साकोसको १३औं वार्षिक साधारणसभा सम्पन्न
मेचीनगर, पुस १८ । नकलबन्दा बचत तथा ऋण सहकारी संस्थाको १३औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । नकलबन्दा सामुदायिक भवनको सभाहलमा सम्पन्न भएको सभामा संस्थामा आवद्ध शेयर सदस्यलाई सम्मान गरेको छ । संस्थाका अध्यक्ष होमराज गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला सहकारी संघ झापाका सदस्य दुर्गाप्रसाद सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि Read More…










