काठमाडौं, माघ २२ । बार्सिलोना कोपा डेल रेको सेमिफाइनलमा प्रवेश गरेको छ ।
घरेलु टोली ग्रानडामाथि ५–३ को जित निकाल्दै बार्सिलोनाले अन्तिम चारमा आफ्नो स्थान पक्का गरेको हो । बार्सिलोनाको जितमा एन्टोइन ग्रिजमन र जोर्डी अल्वाले समान दुई गोल तथा एक गोल फ्रान्की डि जोङले गरे ।
ग्रानडाका केनेडी, रोबर्टो सोल्डाडो र फेडे भिकोले गोल गरे ।

