बाहुण्डाँगी, माघ २५ । बाहुण्डाँगी जेसीजको ९ औँ पदहस्तान्तरण तथा अवार्ड वितरण समारोह शनिवार सम्पन्न भएको छ ।
वर्ष २०२० का अध्यक्ष सागर कार्कीले वर्ष २०२१ का अध्यक्ष दिपक बराललाई आफ्नो गलमा भएको जेसीज चेन हस्तान्तरण गर्दै सपथ ग्रहण गराएका थिए । साथै नवनिर्वाचित अध्यक्ष बरालले विभिन्न पदमा मनोनित गर्दै टिमलाई सपथ ग्रहण गराएका थिए । यो सँगै बाहुण्डाँगी जेसीजमा कार्कीको विदाई भएको छ भने २०२१ को नेतृत्वका लागि बरालको इन्ट्री भएको छ ।

निवर्तमान बन्दै गरेका अध्यक्ष कार्कीले विदाई मन्तव्य दिँदै कोरोनाका बाबजुत पनि आफ्नो कार्यकाल उत्कृष्ट बन्दै राष्टिय पुरस्कार जित्न सफल भएको बताए । साथै उनले कार्यकालमा साथ र सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे । नवनिर्वाचित अध्यक्ष बरालले स्वीकारोत्ती मन्तव्य दिँदै बाहुण्डाँगी जेसीजका लागि नयाँ आयम थप्ने बनाउँदै यहाँका युवाहरुलाई अझ सशक्त बनाएर सबैको साथ सहयोगमा अघि बढ्ने बताए । साथै उनले आफ्नी आमाको स्मृतीमा ५० हजारको अक्षयकोषको स्थापना समेत गरेको थिए । उक्त अक्षयकोषबाट हरेक वर्ष उत्कृष्ट महिलालाई सम्मान गरिने समेत बताए ।

सोही अवसरमा शाखाले वितरण गर्दै आएको उत्कृष्ट नागरिक सम्मानबाट दानवीर नेत्रबहादुर थापालाई सम्मान गरिएको थियो । शाखाका पूर्व अध्यक्ष उत्तम सिठुङले आफ्ना बुबा आमाको नाममा स्थापना गरेको दलबहादुर गंगामाया सिठुङ अक्षयकोषबाट थापालाई वर्ष उत्कष्ठ नागरिकका रुपमा सम्मान गरिएको थियो । साथै सोही पुरस्कारबाट वर्ष उत्कृष्ट जेसीजकर्मी अवार्ड कार्यकारीणी उपाध्यष्क्ष कौषल उप्रेतीलाई प्रदान गरिएको थियो । यसैगरी अध्यक्ष सहयोगी अवार्डबाट कार्यकारीणी उपाध्यक्ष्क्ष देबु बानियाँ, वर्ष उत्कष्ट संयोजकबाट कार्यक्रम संयोजक प्रविण भण्डारी र उदयमान अवार्डबाट उपाध्यक्ष पुकार चौधरीलाई सम्मान गरिएको थियो ।

कार्यक्रमको उद्घाटन नेपाल जेसीजका पूर्व कार्यकारीणी उपाध्यक्ष विनोद बस्नेतले गरेका थिए । कार्यक्रमलार्य सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका बस्नेतले ग्रामिण भेगमा स्थापना भएको बाहुण्डाँगी जेसीज ५ वर्षसम्म जाला नजाला भन्दै गरेको त्यो अवस्थालाई चिर्दै अहिले नेपालकै उत्कृष्ट शाखाहरुको सुचिमा पर्न सफल भएकोमा आफु अत्यन्तै खुसी भएको बताए । उनले शाखा स्थापना हुँदादेखि अहिलेसम्म नजिकबाट नियालिरहेको बताउँदै यहाँका युवाहरुको शसक्तिकरणमा शाखाले खेलेको भूमिका सबैका लागि उदाहरण रहेको बताउँदै आम अग्रजलाई आफ्ना सन्तानलाई जेसीजमा आबद्ध गराई समाज परिवर्तनमा लाग्न आग्रह गरे ।

शाखाका संस्थापक अध्यक्ष नबिन बरालले स्थापना हुँदा गरेको दुःख अहिले पाएको सफलताले बिर्साएको बताए । साथै उनले २०२१ को नेतृत्वले अझ उर्जा थप्ने काम गर्दै अघि बढ्न आग्रह गरे । सम्मानित व्यक्ति नेत्रबहादुर थापाले आफुलाई सम्मान गर्न योग् ठानेर यो उपाधी दिनु भएकोमा आउँदा दिनमा अझ आफुलाई उर्जा थपेको बताउँदै शाखाको उन्नतीका लागि शुभकामना व्यक्त गरे । कार्यक्रममा शाखाका पूर्व अध्यक्षहरु, बाहुण्डाँगी क्षेत्रका सामाजिक व्यक्तित्वहरु, विभिन्न राजनीतिक दलका नेतृत्व, छिमेकी शाखाका शाखा अध्यक्षहरु, सुरक्षा निकायका व्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो । सहभागि सबैलाई अध्यक्ष कार्कीले मायाको चिनो प्रदान गरेका थिए ।
शाखाका अध्यक्ष सागर कार्कीको सभापतित्वमा भएको कार्यक्रमको स्वागत कार्यक्रम संयोजक देबु बानियाँले गरेका थिए ।

उक्त समारोहमा सम्मानको कार्यक्रम बेग सुनवार, निर्वाचन कार्यक्रम निवर्तमान अध्यक्ष कञ्चन उप्रेतीले सञ्चालन गरेका थिए भने सञ्चान महासचिव हेमन्त मोक्तान र केवल निरौलाले सयुक्त रुपमा गरेका थिए ।








