मेचीनगर, फागुन ३ । नेपालकै प्रथम शहिद क्या. लखन थापा मगरको १४४औं स्मृति दिवसको सन्दर्भ पारेर आइतबार अन्र्तक्रियासहित साँस्कृतिक कार्यक्रम गरिएकोछ ।
नेपाल मगर संघका पूर्व जिल्ला अध्यक्ष शिवशंकर थापा मगरको प्रमुखआतिथ्यतामा मेचीनगर–८ स्थित पट्टन प्राणी कल्याण बौद्ध बिहार)(गुम्बा) मा सो कार्यक्रमगरिएको हो ।
अन्र्तक्रिया सुरु हुनुअघि शहिद थापाको तस्वीरमा माल्यार्पण गर्दै ज्ञात–अज्ञातशहिदहरुलाई सम्झिँदै एक मिनेट मौन धारणगरिएको थियो ।
सो अवसरमा प्रमुख अतिथि थापा मगर, विशिष्ट अतिथि संघका केन्द्रीय उपाध्यक्षतेजबहादुर तारामी मगर, संघ पूर्व जिल्ला उपाध्यक्ष सुष्मा राना मगर, नेपालआदिवासी जनजाति महासंघ मेचीनगर अध्यक्ष ओमप्रकाश खापुङ, बौद्ध सेवा समाज जिल्लाअध्यक्ष चन्द्रबहादुर मगर, प्रहरी नायव उपरीक्षक सुनिल दाहाललगायतले बोलेका थिए ।
संघ जिल्ला सचिव बविता लुंगेली मगरले कार्यपत्र प्रस्तुत गरेको सो कार्यक्रमकोऔचित्यबारे संघका जिल्ला उपाध्यक्ष दलबहादुर पुलामी मगरले प्रकाश पारेका थिए । त्यसक्रममा हिमशिखर टेलिभिजनले यसअघि आयोजना गरेको नृत्य प्रतियोगिताकाविजेता लिशारा थापा मगरले झ्याउरे भाका तथा मुना राना मगर र रिना राना मगरले कौडागीतमा नृत्य प्रस्तुत गरेका थिए ।
संघका जिल्ला अध्यक्ष जगतबहादुर राना मगरको अध्यक्षतामा भएको सो कार्यक्रममास्वागत नगर अध्यक्ष विकास थापा मगर र सञ्चालन संघ जिल्ला सचिव बविता लुंगेली मगरलेगरेकी थिइन् । नेपाल मगर संघ जिल्ला समन्वय समितिले आयोजना गरेको उक्त कार्यक्रमकोव्यवस्थापन तथा संयोजन संघ मेचीनगर समन्वय समितिले गरेको थियो ।
२०७२ असोज २ गते बसेको मन्त्रिपरिषद् बैठकले स्व।लखन थापालाई नेपालकोप्रथम शहिद घोषणा गरेको थियो । तर, मगर संघ केन्द्रीय समिति भने शहिद थापालाई राष्ट्रियविभूति घोषणा गरिनुपर्ने, उनकोस्मृति दिवसका दिन फागुन २ गते सार्वजनिक बिदा दिइनुपर्ने, उनको योगदान रजीवनीलाई पाठ्यक्रममा समावेश गरिनुपर्नेलगायत माग राखी आन्दोलनरत् छ ।
वि.स. १८९१ मा गोरखाको साविक बुङ्कोट गाविस वडा नं. ४ काहुँले र हालकोशहिद लखन गाउँपालिका ७ मा जन्मिएका थापा देश र जनताको मुक्तिका लागि संघर्षगर्ने योद्धा थिए । वि.स.१९११ मा नेपाली सेनामा भर्ना भएका थापा १९१४ मा भारतीयसिपाही विद्रोहमा सहभागी बन्न पुगेका थिए । तर, त्यसबेला जंगबहादुर राणाबाट नेपाली जनतामाथि भएको अन्याय, अत्याचार रज्यादतीका विरुद्ध सेनाको जागिर छोडेर उनी निरङ्कुशताको विरोध गर्दै नेपालीजनतालाई एकत्रित र संगठित गर्ने अभियानमा लागेका थिए ।
नेपाली जनताको मुक्ति र स्वतन्त्रताका लागि आन्दोलन गर्ने क्रममा योद्धा थापाले १९३३फागुन २ गते सहादत प्राप्त गरेका थिए । नेपालकोइतिहासमा राणाशासन विरुद्ध उठेको त्यो नै पहिलो विद्रोह थियो ।

