राजनीति

संसद् विघटनको विरोधमा फागुन ९ गते जसपाले विरोध प्रदर्शन गर्ने

काठमाडौं, फागुन ६ । जनता समाजवादी पार्टीले संसद् विघटनको विरोधमा काठमाडौंमा प्रदर्शन तथा विरोधसभा गर्ने भएको छ ।

बुधबार काठमाडौंमा बसेको पार्टी पदाधिकारी बैठकले प्रतिनिधिसभा विघटनलाई प्रतिगमनकारी कदम भन्दै संघर्षका कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको हो ।

जसपाका सूचना तथा प्रचार विभाग प्रमुख डम्बर खतिवडाका अनुसार भ्रातृ तथा जनसंगठनहरू र काठमाडौं उपत्यकाका तीन वटै जिल्ला कमिटीले फागुन ९ गते रत्नपार्कमा संयुक्त प्रदर्शन र विरोधसभा गर्नेछन् ।

जसपाले प्रतिनिधिसभा विघटनको विरोधमा निरन्तर प्रदर्शन गर्दै आएको छ ।