समाचार

अटो दुर्घटनामा चालकको मृत्यु

नरेन इलामेली
इलाम, फागुन २३ ।
इलाममा सूर्योदय नगरपालिका ९ पान्दाममा आइतबार अटो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

पान्दाम गोर्खे सडक खण्डमा पान्दामबाट फिक्कल तर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ह ७९०१ नम्बरको अटो आँफै अनियन्त्रित भइ ग्रामिण सडकका पल्टिँदा घाइते भएका चालक सूर्योदय नगरपालिका वडा नं ९ का ४२ बर्षिय शुकमान राईको उपचारका लागि फिक्कल अस्पताल लैजाँदा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

दुर्घटनाग्रस्त अटो घटनास्थलमै रहेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।