बाहुण्डाँगी। फागुन २४ । रामग्राम महिला जेसिसको आयोजनामा किशोरीलाई सरसफाई सामग्री बितरण गरिएको छ । पश्चिम नवलपरासीको सनफ्लावर इंगलिस स्कुलका २७ किशोरी तथा ७ महिला शिक्षकलाई १११ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सरसफाई सामग्री किट वितरण गरिएको हो ।
सबैको नजर सरकारी बिद्यालयमा पर्ने भएकाले ग्रामिण क्षेत्रका किशोरीहरु अध्ययन गर्ने निजि बिद्यालय छनोट गरेर किट बितरण गरिएको हो ।सरसफाई सामग्री किट वितरण कार्यक्रममा बोल्दै रामग्राम महिला जेसिस बर्ष २०२१ का अध्यक्ष पुष्पा लामाले ‘‘नजिकको तिर्थ हेला” हुने भएकोले निजि बिद्यालय रोजेको बताउनुभयो ।
उहाँले किशोरी तथा महिलाहरुका हिंसा न्युनिकरणमा अन्य महिलालाई पनि समाबेश गनुपर्र्नेमा जोड दिनुभयो । रामग्राम महिला जेसिसका पुर्व अध्यक्ष तथा प्रमुख अध्यक्ष सल्लाहकार लक्ष्मी क्षेत्रीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै क्षेत्रीले किशोरीले आफुलाई परेका समस्या तथा दुव्र्यवहारका घट्ना सर्वप्रथम नजिकका साथी तथा महिला शिक्षकलाई खुलेर बताउन आग्रह गर्नुभयो । उहाँले हिंसा सहेर बस्दा मानसिक स्वास्थ्यका साथै पढाईमा समेत असर पर्ने भएको हुँदा सचेत रहन् बताउनुभयो ।
रामग्राम महिला जेसिसले आफ्नो बिद्यालयमा सहयोग गरेकोमा विद्यालयले धन्यवाद ज्ञापन गरेको थियो । कार्यक्रममा रामग्राम महिला जेसिसका निवर्तमान अध्यक्ष जेसि रजनि ढकाल, रामग्राम जेसिसका पुर्व अध्यक्ष जेसि सन्दीप अग्रहरी लगाएतले अन्तराष्ट्रिय श्रमिक महिला दिवसको शुभकामना व्यक्त गर्नुभएको महासचिव संगिता कुँवरले जानकारी दिनुभयो । कार्यक्रममा छात्राहरुलाई महिनावारीका समयमा अपनाउनु पर्ने सावधानी र स्यानेटरि प्याडको प्रयोगका बारेमा पृथ्वीचन्द्र अस्पतालका स्वास्थ्यकर्मी सुनिता चौधरीले प्रशिक्षण दिनुभएको कार्यक्रम संयोजक सुनैना रञ्जितकारले जानकारी दिनुभयो ।

