संघ \संस्था

सुरुङ्गा जेसीजद्धारा कल्पना नेपाललाई उद्यमशिल महिला सम्मान

बाहुण्डाँगी, २४ फागुन । १११ औँ अन्राष्ट्रिय नारी दिवसको अवसर पारेर सुरुङ्गा जेसीजले श्रमजिवी उद्यमशिल महिला सम्मान कार्यक्रम सम्पन्न गरेको छ । सुरुङ्गालाई कर्मथलो बनाएर उद्यमशिलताको क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्ने व्यक्तित्वलाई सम्मान गरेको हो । सम्मानित हुनेमा कल्पना नेपाल रहनु भएको छ । महिलाहरुले कमै मात्र गर्ने चुनौतीपूर्ण काम पेििन्टङको क्षेत्रमा रहनु भएकी नेपाललाई समाजमा उदाहरणीय कार्य गरेको उच्च मुल्याङ्कन गर्दै सोमवार एक समारोहकाबिच सम्मान गरिएको हो ।


शाखाकी अध्यक्ष यदुका (उषा) उप्रेतीको सभापत्वि तथा कनकाइ नगरपालिकाकी उपमेयर मञ्जु प्रसाईको प्रमुख आतिथ्यतमा सम्पन्न कार्यक्रममा शाखका निवर्तमान अध्यक्ष त्रिलोचन उप्रेती, पूर्व अध्यक्षहरु शिव कँडेल, शरला दाहाल पोखरेल, जबिन तिम्सिना, भिम भट्टराई, कमल कट्टेल, कनकाइ सामुदायिक वनका सदस्य तथा सुनौलो बचत समूहका अध्यक्ष दिव्यस्वरा फुयाँल, कनकाइ महिला च्याम्बरका कोषाध्यक्ष मिना मैनालीको सहभागितामा उक्त सम्मान गरिएको हो ।


कार्यक्रम संयोजक मनुषा श्रेष्ठले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव मेनुका उप्रेतीले गर्नु भएको थियो । कार्यक्रम शाखाको सचिवालयमा सम्पन्न भएको हो ।