संघ \संस्था

प्रेस संगठन झापाले पायो पूणर्ता

झापा, फागुन २४ । प्रेस संगठन नेपाल झापाको भेला भव्यरुपमा सम्पन्न भएको छ । झापा बिर्तामोडमा सोमबार भएको भेलाले ३५ सदस्यीय जिल्ला कमिटि निर्माण गरेको छ ।

त्यसैगरी, संगठनले सुव्रत न्यौपानेको संयोजकत्वमा ९ सदस्यीय सचिवालयसमेत गठन गरेको छ । सचिवालयको सदस्यमा झुलन रेग्मी, अनिलदेव राई, उद्धव पुरी, सन्तोष शर्मा, पुष्पलाल खड्का, नन्दलाल खतिवडा, तिलक योञ्जन र किशोर उपरकोटी रहेका छन् ।

प्रेस संगठन नेपाल झापाका संयोजक सुव्रत न्यौपानेको अध्यक्षतामा भएको भेलामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य तथा झापा इन्चार्ज रविन कोइरालको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नेकपा झापा इन्चार्ज तथा कार्यक्रमका प्रमुख अतिथ कोइराला, नेकपा प्रदेश सदस्य तथा प्रदेश सांसद झलकसिंह दर्लामी, नेकपा झापा अध्यक्ष बेदराज रेग्मी, नेपाल पत्रकार महासंघ १ नं. प्रदेश महासचिव विवेक गौतम, अग्रज पत्रकार लीला बराल, संगठनका १ नं. प्रदेश इन्चार्ज राजन केडी, नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष कृष्ण हुमागाई, जिल्ला सहकारी संघ झापाका सचिव भवानीप्रसाद दंगाल, संगठनका प्रदेश १ सदस्य राजु अधिकारी, आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नं. प्रदेश इन्चार्ज दिपिन राई, प्रेस युनियन झापा अध्यक्ष इन्दु पुर्वेलीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

झापाको जिल्ला कमिटी घोषणा संगठनका प्रदेश १ का सह-इन्चार्ज तिर्थ सिग्देलले गरेको कार्यक्रममा सपथ ग्रहण संगठन १ नं. प्रदेश संयोजक देवेन्द्र कार्कीले गराएका थिए ।
संगठन झापा सह-संयोजक झुलन रेग्मीले स्वागत गरेको कार्यक्रमलाई सञ्चालन सचिव उद्धव पुरीले गरेका थिए । अतिथिलाई स्वागत तथा सत्कार संगठन झापा अर्का सह-संयोजक अनिलदेव राईले गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटा, नेकपा झापा सचिव मणिकुमार साम्पाङ, संंगठन १ नं. प्रदेश सह-संयोजक मुक्ति पौडेल, संगठन १ नं. प्रदेश सचिव सुजन तिम्सिना, नेकपा प्रदेश १ सदस्य ज्योतीसिंह दर्लामी, संगठनका केन्द्रीय सदस्य बिमल लामिछाने, दयाराम दाहाललगायतको उपस्थिति रहेको थियो ।