समाचार

मोटरसाइकल र स्कुटर ठोक्किँदा झापामा एक जनाको मृत्यु

झापा, फागुन २८ । झापामा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।दुर्घटनामा परी एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा दमक नगरपालिका ८ बस्ने ५० वर्षीय इन्द्र भुजेल रहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार बिहीबार राती ९ बजे पूर्व पश्चिम राजमार्ग अन्तरगत दमक नगरपालिका ५ गोर्खा डिपार्टमेन्ट नजिकै पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १-०१-१३ प ८७६६ नम्बरको मोटरसाइकल र बिपरीत दिशाबाट आउँदै गरेको मे ९ प ६२१९ नम्बरको स्कुटर एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो । दुर्घटना परी घाइते भुजेललाई अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, घाइते मोटरसाइकल चालक दमक नगरपालिका ४ बस्ने अन्दाजी २५ वर्षीय संजोक सुन्दासको टाउको गम्भीर चोट लागेको छ । दमकमा उपचार सम्भव नभएपछि थप उपचारका लागि बिएण्डसी अस्पताल पठाएको प्रहरीले जनाएको छ ।