काठमाडौं, चैत २ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र एमालेका वरिष्ठ नेता माधवकुमर नेपालबीचको छलफल जारी रहेको छ ।
एमालेको पार्टी कार्यलय धुम्बारीस्थित प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालसहितका नेताबीच केही समयअघि बाट छलफल सुरु भएको हो ।

यसअघि ओलीले नेपाललाई बालुवाटारमै भेट्न बोलाउनुभएको थियो । तर, नेपालले पार्टी कार्यालयमा समूहगत रुपमा छलफल गर्ने भनेपछि ओली धुम्बाराही जान राजी हुनुभएको थियो ।
ओली पक्षले चैत ७ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ भने चैत ४ र ५ गते नेपाल पक्षले राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ ।

