मेचीनगर, चैत २ । झापाको मेचीनगर–७ स्थित मेचीनगर नगरपालिकाको कार्यालय गेट अगाडी फिवोनासी इन्जिनियरिङ एण्ड आइटी सोलुसन सञ्चालनमा आएको छ । मेचीनगरका तीनजना युवाले संयुक्त रुपमा सो व्यवसाय सञ्चालन गरेका हुन् ।
इन्जिनियर पारस गिरी, सागर सिवाकोटी र रविन्द्रनाथ मलाहले करिव दश लाखको लगानीमा सञ्चालन गर्दै आएको आईटी सोलुसनले सञ्चालनमा आएको छोटो समयमा नै मेचीनगरका विभिन्न संघ÷संस्थाहरुमा सफ्ट्येर डेब्लोपमेन्ट, वेबसाईड, बल्क एसएमएस, डिजिटल मार्केटिङ, एसईओ लगायतका सेवा प्रभावकारी ढगले गर्न सफल भईरहेको छ ।
आफ्नै ठाँउमा आईटी सम्बन्धी काम गर्ने उदेश्यले आइटी सोलुसन सञ्चालन गरेको इन्जिनियर पारस गिरीले बताए । उनले भने हामीले मेचीनगरमा नै पहिलो आइटी सोलुसन स्थापना गरेर प्रविधिको विकास संगै मेचीनगरमा पनि आईटी सम्बन्धी सेवा प्रदान गर्न दक्ष सफ्ट्येर इन्जिनियरहरुसाथ यो सेवा प्रदान गरिरहेको बताए ।
आईटी सम्बन्धी प्रयोगकर्ताहरु बढ्दो क्रममा रहेको र त्यसलाई परिपूर्ती गर्न हामीले ६ जना सफ्ट्येर इन्जिनियरले यस संस्थाबाट सेवा प्रदान गरिरहेको अर्का सञ्चालक सागर सिवाकोटीले जानकारी दिए । उनको अनुसार संस्थाले मेचीनगर संगै देशको अन्य क्षेत्र तथा अन्तराष्ट्रिय क्षेत्रमा पनि अडर अनुसार आफ्नो सेवा अगाडी बढाई रहेको पनि सिवाकोटीले बताए ।

