अन्य

आगलागी भएको हाम्रो पाठशालालाई धनकुटा लेडीको आर्थिक सहयोग

बाहुण्डाँगी । आगलागीमा परि पूर्ण रुपमा क्षति भएको हाम्रो पाठशाला धनकुटालाई धनकुटा लेडी जेसीजले आर्थिक सहयोग गरेको छ । सामाजिक रुपमा धनकुटा जिल्लामै क्रियाशिल यो संस्थाले हालै आगलागी भएको यस पाठशालालाई आर्थिक सहयोग गरेको हो । केही दि न अघि मात्र आगलागी पीडित तामाङ परिवारलाई शाखाले घरायसी सामाग्री प्रदान गरेको थियो ।

थोपा थोपा मिलेर नै समुन्द्र बन्छ त्यसैले हामीले दिएको सानो रकम मिलेर नै यहाहरुको घाउ भर्नमा मद्दत गर्नेछ भन्ने उद्देश्यले धनकुटाको लागि कला र संस्कृतिको गौरवको रुपमा रहेको “हाम्रो बहुमुखी पाठशाला“ आगलागीले पूर्णरुपमा नष्ट भएकोले धनकुटा लेडी जेसीज परिवारले सक्ने थोरै रकम सहयोग गरेको शाखाकी अध्यक्ष विसिका श्रेष्ठले जानकारी दिनु भयो ।
पाठशालाका सञ्चालकहरु सरोज भुजेल र शोभित श्रेष्ठ उक्त रकम हस्तान्रण गरिएको हो । जेसीज पदाधिकारीहरुले आर्थिक सहयोग गर्दै अझ मजबुत ढंगले अगाड़ी बढाउन सवैले पहल गर्नु पर्ने बताए ।


हाम्रो बहुमुखी पाठशाला हामी धनकुटेलीको सान एवं पहिचान हो । धनकुटावासीको एउटा साझा सम्पती संरक्षणमा सबैले बल पुर्याउन सकौं ।
चाडैं नै पाठशालाले निरन्तरता पाउनेछ भन्ने हामीलाई विश्वास छ, अध्यक्ष श्रेष्ठले भन्नु भयो ।