खेलकुद

आयोजक र रेडहर्स इलाम आज फाइनलको लागि खेल्दैं

मेचीनगर, चैत ११ । झापाको धुलाबारी स्थीत रोलिङ क्लवको आयोजनामा जारी चौथो प्रदेशस्तरीय ‘रोलिङ च्यालेञ्ज कप फुटवल प्रतियोगिता अन्तर्गत आज पहिलो सेमिफाइनल खेलमा आयोजक रोलिङ क्लब र रेडहर्स फुटबल क्लब इलाम बिच प्रतिष्पर्धा हुदैंछ ।

उपाधि दावेदार मानिएको आयोजक र रेडहर्स इलामको आजको खेल निक्कै रोमान्चक हुने आंकलन गठरिएको छ । आफनै खेल मैदानमा आयोजकले उच्च मनोबलका साथ बलियो प्रतिद्धन्धी टिमलाई पाखा लगाउदै अन्तिम दुईमा आफ्नो स्थान पक्का गर्दै नगद एक लाख सुरक्षित गर्ने दाउमा छ ।

यता रेडहर्सले पनि आयोजकलाई उसकै मैदानमा स्तब्ध पार्दै एक लाख सुरक्षित गर्ने रणनितिका साथ मैदान उत्रदैछ । यी दुइृ टिमबिचछ दिनको ३ः३० बजे देखि प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ ।

१४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विजेताले नगद २ लाख र उपविजेताले नगद १ लाखसहित ट्रफी, मेडल तथा प्रमाणपत्र पाउने छन् । प्रतियोगिताभर उत्कृष्ट खेलाडी, उत्कृष्ट टीम, उत्कृष्ट गोलकर्ता लगायतलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजक क्लबका सचिव महेश खड्काले जानकारी दिए ।