काठमाडौं, चैत १९ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएको भन्दै सबैखाले भिडभाडजन्य गतिविधि रोक्न आग्रह गरेको छ ।
बुधबार मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले भिडभाड हुने सबै गतिविधि बन्द गर्न प्रमुख जिल्ला अधिकारीहरुसँग आग्रह गरे ।
संक्रामक रोग ऐनअनुसार प्रमुख जिल्ला अधिकारीलाई सबै प्रकारका भिडभाड रोक्न मन्त्रालयले आग्रह गरेको उनले बताए ।‘कुनै पनि जुलुश, भिडभाड सभा, सम्मेलन, भेलाहरु रोक्न पनि स्वास्थ्य मन्त्रालय बिनम्र आग्रह गर्दछ’ उनले भने ।
नेपालमा पछिल्लो समय पुनः कोरोना संक्रमण बढ्दै गएको भन्दै सावधानी अपनाउन मन्त्रालयले आग्रह गरेको छ ।

