मेचीनगर, बैशाख, ५ । मेचीनगर ३ तेलपानीका एक दर्जन युवा कांग्रेसमा प्रवेश गरेका छन् । आइतवार विहान तेलपानीको संघर्ष चोकमा आयोजित एक कार्यक्रमका बिच नेकपा एमालेसहित विभिन्न पाटी परित्याग गरि कांग्रेसमा प्रवेश गरेका हुन् ।

यसरी प्रवेश गर्नेमा विनोद थापा, मित्रलाल अधिकारी, वेदमणी पोखरेल, वेदनिधि नेपाल, यामबहादुर न्यौपाने, तेजप्रसाद न्यौपाने, सोमप्रसाद ढकाल, सुरज राई, हर्कबहादुर राई र सुभाष राई रहेका छन् । विनोद थापा, वेदमणी पोखरेल, वेदनिधि नेपाल, यामप्रसाद न्यौपाने नेकपा एमालेमा लामो समय काम गरेका युवा सर्कलका लोकप्रिय व्यक्तिहरु हुन भने मित्रलाल अधिकारी एमालेका पुराना कार्यकर्ता हुन् ।

उनीहरुलाई नेपाली काग्रेसका जिल्ला कोषाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि केशवराज पाण्डे, जिल्ला सदस्य निरज घिमिरे, जिल्ला सदस्य अनुपराज कार्की, पूर्व क्षेत्रीय सदस्य दिपक थापालगायतले अबिर लगाएर स्वागत गरेको थिए ।

पछिल्लो समय एमालेभित्रको चरम विवादले देश नै अन्यौलमा परेको र नेकपाले जनतालाई दुःख मात्र दिएको भन्दै उनीहरुले कांग्रेस रोज्नु परेको बताए । देशले विकास र निकास पाउला भनेर हिजो पाटीका लागि गरेको भए पनि आज सरकारमा गएको नेकपाले उखान र टुक्का बाहेक केही बाड्न नसकेको उनीहरुको आरोप थियो । उनीहरुले जनतालाई भोटका लागि मात्र प्रयोग गरेका र जनताका कुनै दुःखमा साथ दिन नसकेको बताए ।

साविकको बाहुण्डाँगी ५ मा पर्ने यो क्षेत्रमा दुई साता अघि मात्र ४२ जना युवा कांग्रेसमा प्रवेश गरेका थिए ।
वडा नम्बर ३ का वडा सभापति धनबहादुर अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सरद भट्टराईले गरेका थिए ।

